Advertisement

३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार मूल्यका साथ नेपाली बजारमा सार्वजनिक भयो हुन्डाई आई२०

0 1,148

Advertisement

२१ साउन, काठमाडौं । नेपाली बजारमा हुन्डाई आई२० सार्वजनिक भएको छ । आज फेसबुक लाइभमार्फत भर्चुअल माध्यमबाट यो कार सार्वजनिक गरिएको हो ।

नेपाली बजारमा हाल यो १.२ लिटर पेट्रोल इन्जिन र ५–स्पिड म्यानुअल गियरबक्समा उपलब्ध हुनेछ । दुई भेरिएन्ट म्याग्ना र स्पोर्ट्जमा उपलब्ध हुने यो कारको मूल्य क्रमशः ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

भारतमा गत नोभेम्बर महिनामा सार्वजनिक गरिएको थर्ड जेनेरेसन आई २० पहिलेको भन्दा केही ठुलो, फराकिलो र सेग्मेन्ट फर्स्ट फिचर्सबाट सुसज्जित रहेको कम्पनीले बताएको छ ।

इन्डियन कार अफ द इयर २०२१ अवार्ड प्राप्त गर्न सफल नयाँ कारको डिजाइन पहिलेको तुलनामा निकै नै आकर्षक र स्पोर्टी तबरबाट गरिएको छ । फ्रेमरहित ग्रिल र सि पिल्लरयुक्त क्रोमका कारण यो पहिलेको तुलनामा थप स्पोर्टी र आकर्षक देखिएको छ । गाडीको पछिल्लो

भागमा दिइएको जेड आकरको एलइडी टेल लाइट र पियानो ब्ल्याक कलरको विन्डस्क्रिनले नयाँ आई २० को लुक्समा निखरता दिएको छ । नयाँ आई २० को भित्री बनावट समेत निकै नै आकर्षक र स्पोर्टी रहेको छ । पहिलेको तुलनामा यसको इन्टेरियर पुरै परिबर्तन गरिएको छ ।

सेग्मेन्टकै सबैभन्दा लामो ह्विलबेस दिइएका कारण कारको क्याबिन समेत यो सेग्मेन्टका अन्य कारको तुलनामा फराकिलो छ । पछाडिको सिटमा बस्नेहरुका लागि आरामदायी यात्राको प्रत्याभूति गराउन पहिलेको तुलनामा झन्डै ४० एमएम बढी लेग स्पेस दिइएको छ । यो कारमा ५ जना यात्रुले आरामदायी यात्र गर्न सक्नेछन् ।

नयाँ कारमा पुरानो आई २० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ । नयाँ कारमा पुरानो आई २० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ ।

जस्तो पुरानो कारमा एबीएस, ६ एयरब्याग र चारवटै सिटमा सिटबेल्ट वार्निङ ल्याम्प उपलब्ध गराइएकोमा त्यसमा थप गरी नयाँ कारमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल एसिस्ट कन्ट्रोल सिस्टम समेत थप गरिएको छ ।

`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.