Advertisement

पल्सर ४०० सार्वजनिक गर्दै बजाज, नेपाल कहिले आउँछ ?

0 7

Advertisement

०२ बैशाख, काठमाडौँ । मोटरसाइकल निर्माता कम्पनी बजाज अटो पछिल्लो समय पल्सर रेन्ज अपडेटमा ब्यस्त रहेको छ ।

केही दिन अघि मात्र पल्सर एन २५० को २०२४ भर्सन सार्वजनिक गरेका कम्पनीले पल्सर ४०० ल्याउने मिति तय गरेको हो।

बजाजले अवको तीन हप्ता पछि मे ३ तिनमा पल्सर ४०० सार्वजनिक गर्ने भएको हो । २०२४ को सुरुवातमा नै बजाज अटोका निर्देशक राजिब बजाजले यो वर्ष सबैभन्दा ठुलो पल्सर आउने घोषणा गरेको थिए ।

कम्पनीका अनुसार बजाज पल्सर ४०० डोमिनार ४०० को तुलनामा कम मूल्यमा सार्वजनिक हुनेछ । बजाज पल्सर ४०० एनएस २०० को च्याचिसमा आउने सम्भवना रहेको छ । एनएस २०० को च्याचिसलाई अपग्रेड गरेर ठुला इन्जिनसमेत धान्न सक्ने क्षमतामा ल्याइने अनुमान गरिएको छ ।

डोमिनारमा प्रयोग भएको ३७३ सीसी लिक्वीड कुल्ड इन्जिनले ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ भने केटीएममा भएको सोही इन्जिनले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । पल्सर ४०० मा यी मध्ये कुनै एक पावरट्रेन प्रयोग हुनेछ । यसमा ६ स्पीडको गियरबक्स उपलब्ध हुनेछ । पल्सर सिरिजमा आउने नयाँ मोटरसाइकलमा डिजिटल कन्सोल, यूएसडी फर्क, मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस, स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर हुने अपेक्षा गर्न सकिन्छ ।

नेपाली बजारमा बजाजका मोटरसाइकल विक्री गर्ने कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले बजाज पल्सर चाँडैनै नेपाल ल्याउने सम्भावना रहेको छ । कम्पनीले स्रोतका अनुसार बजाज पल्सर ४०० भारतीय बजारमा सार्वजनिक भएको केही समयमा नै नेपाल ल्याउने तयारी भइरहेको छ । कम्पनीले पल्सर ४०० नेपालमा नै एसेम्वल गर्ने भएको कारण मूल्य समेत कम हुने अनुमान गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.