Advertisement

४० लाख फाइजर खोप खरिद गरिने

0 211

Advertisement

१८ श्रावण, काठमाडौँ । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो । मन्त्री खाँणले कोरोना भाइरसको तेस्रो लहर आउनुअघि नै आवश्यक स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा खोपको व्यवस्था र सरकारी अस्पतालमा अक्सिजनको पर्याप्त सुविधा मिलाउन निर्देशन दिनुभएको हो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी सहभागी हुनुहुन्थ्यो ।

कोरोना नियन्त्रण सरकारको मूल दायित्व भएकाले राज्यका सबै संयन्त्र सक्रिय बनाई प्रभावकारी ढङ्गबाट परिचालन गर्नुपर्ने र सबैसँग सहकार्य र समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।
‘मास्क लगाउन प्रेरित गर्न तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गराउनका लागि विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्ने निर्णय भएको छ । गृह मन्त्रालयले कोरोना नियन्त्रणका लागि सञ्चालित कार्यक्रममा सहजीकरण गर्ने जनाइएको छ ।

त्यस्तै यसै साता चीनबाट १६ लाख र जापानबाट १६ लाख गरी ३२ लाख खोप नेपाल आइपुग्ने जानकारी बैठकमा सहभागी स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दिनुभयो । प्रवक्ता पोखरेलका अनुसार कोरोनाविरुद्ध सय दिने विशेष योजना बनाउने निर्णय भएको छ ।
कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने निर्णय गरिएको छ । निजी स्रोतबाट सञ्चालित मेडिकल कलेज तथा अस्पतालसँग उपचार सुविधाका लागि समन्वय र सहकार्य जारी राख्ने भएको छ ।

कोरोना नियन्त्रण सरकारको मुख्य प्राथमिकतामा रहेकोले कोरोना नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका कार्यक्रमलाई सक्रियताका साथ लागू गरी प्रभावकारी र उपलब्धिमूलक बनाउने सहमति भएको छ । यसैबीच सिन्धुपाल्चोकको हेलम्बु चनौटे बजार क्षेत्रमा बाढीले पु¥याएको क्षतिका सम्बन्धमा गृहमन्त्री खाँणले जानकारी लिनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.