Advertisement

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने तयारी

0 1,417

Advertisement

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । पछिल्लो समय निषेधाज्ञामा केही खुकुलो बनाएसगैँ संक्रमितको संख्यामा बृृद्धि हुन थालेको छ ।

संक्रमितको संख्यामा बृद्धि भएसगैँ केही समय निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले निषेधाज्ञा पुरै नहट्ने बताउँदै सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए ।

‘अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था छैन, फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्छौ’, उनले भने ।

निषेधाज्ञाको मोडालिटीको विषयमा निर्णय गर्न आईतबार चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । उनका अनुसार आजको बैठकमा निषेधाज्ञा थप गर्नेदेखि थप खुला गर्ने क्षेत्रको विषयमा छलफल हुनेछ ।

हाल विभिन्न क्षेत्रका व्यवसाय सञ्चालन गर्न समय तोकिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिँदै छ । दोस्रो लहरको कोरोना महामारीलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि तीन जिल्लामा निषेधाज्ञा लागु गरिएको थियो।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.