इङ्ग्ल्याण्डको क्रोएसियामाथि संघर्षपूर्ण जित
३० जेठ, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इङ्ग्ल्याण्डले क्रोएसियामाथि संघर्षपूर्ण जित निकालेको छ ।
लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १-० गोल अन्तरले पराजित गर्दै इंङ्ग्ल्यान्डले सुखद सुरुवात गरेको हो ।
वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।
यस जितसँगै समूह ‘डी’ को इंङ्ग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंङ्ग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
विश्वकप उपविजेता समेत रहेको क्रोएसिया समूहको पुछारमा रहेको छ ।