Advertisement

माननीय राष्ट्रपति बिध्या भण्डारी ज्यु,यो घोटालाका नायकहरु तपाइको आफ्नै जिल्लाका मान्छेको रहेछन

0 874

Advertisement

बिबिका खरेल

१८ जेठ, काठमाडौं ।
पत्र पत्रिकाबाट बेला बेलामा मर्चेन्ट क्यापिटल बैंक घोटाला भन्ने सुन्थे तर बुझ्न सकेको थिइन l तर मैले नबुझेको त तपाइले बुझेर पो रहेछ भन्ने थाहा पाए l म पनि भर्खर मिडियामा काम गर्न थालेकी भएर होला कहाँ कहाको इमेलले थाहा दियो, भलै संधै मिडियालाई सम्मान गरेको इमेल भने नाउने रहेछ l अनि उता सामाजिक संजालमा त्यो घोटाला सम्बन्धि गफ चलि राखेको हुनाले झन चासो लाग्यो l किनकी सरकार तपाइकै आफ्नै मान्छेको भएर र सरकार आफैले सिर्जना गरेको माफिया र भ्रष्टबाट भएको सुनियोजित घोटाला भएर तपाइले चासो नदिनु भएको होला l हाम्रै मेडियाले पनि उनीहरुप्रति न्याय गरेको रहेनछ l म क्षमा चाहन्छु l

मैले अहिले बुझेको निर्दोष महिला, बिधार्थी र साधारण लेखपढ गर्ने गाउलेलाई नक्कली ऋणी बनाएर मर्चेन्ट बैंक बाट अरबौ रुपैया ऋण निकालेर नेपाल राष्ट्र बैंक, सिआइबि प्रहरी, वकिल, न्यायाधिश मिलेर खाएका रहेछन तर फसाउने बेलामा ति निर्दोषलाई पारेछन l उनीहरुको नामबाट भूमाफिया र बैंक माफियाले ऋणको नक्कली हस्ताक्षर गरेर निबेदन राखिएको रहेछ तर उनीहरुलाई थाहै नदिई उनीहरुको नाममा कम्पनि पनि खोलि ऋण निकालिएको रहेछ l उनीहरुले आफै ऋण निकाल्न बैंक मै नटेकेको र ऋण झिक्दै नझिकेको देखियो l ऋण नै लिएको भएपनि धितो बेचेर ऋण तिरेर उम्कने नियम हुँदा हुँदै उनीहरुलाई त केसको अनुसन्धान नै नगरी नेपाल राष्ट्र बैंकले सिआइबि लगाएर उनिहरुको बिरुद्द सिधै मुद्दा चलाएछ र पाटन उच्च अदालतमा सेटिंग मिलाएर ति सबैलाई कैद गरेछ l

१० बर्ष देखि कतिपय ति निर्दोष (साना बच्चा भएको महिला लगाएत) लाई कैद गरेको छ र केहीको त औषधि उपचार नपाएर ज्यान गुमाई सकेका रहेछन l ति निर्दोष महिलाहरुलाई त प्रहरीले थाहै नदिई उनीहरुको घर भित्र छिरेर जुत्तै पनि लगाउने मौका नदिई ५ सय मिटर जति घिसारेर घाउ लगाउदै अदालत लागेको रहेछ l अनि किन सिआइबिले अनुसन्धान गर्दै नगरी मुद्दा चलाएछ भन्ने कुरा चाही नेपाल राष्ट्र बैंकलाई बचाउन र ति निर्दोष नै हुन् भन्ने थाहा भएकोले बढो षडयन्त्र मुलक तरिकाले कुरो लुकाएर फरार अभियुक्त बनाइएको रहेछ जुन कुरा ति निर्दोष लाई थाहै रहेनछ l उनीहरुले ऋण लिएको भए पो उनीहरु डराउनु र ऋण नलिएको हुनाले उनीहरुले ऋणबारे चासो राखेकै रहेनछन l
राष्ट्रपति महोदय, यो घोटालाका नायकहरु तपाइको आफ्नै मान्छेको जिल्लाका रहेछन l जो सर्बोच्च अदालत जस्तालाई त किन्न सक्ने क्षमता भएका रहेछन र किनेर राखेका रहेछन l तपाइको आफ्नै मान्छेको सरकारका हाकिमको जिल्लाका अनि तपाई पनि उनीहरुको नजिकको व्यक्ति, यो भएपछी जे गरे पनि भैहाल्यो नि l अब जति अत्याचार गर, तपाईहरुकै छ राज्य l

तपाई सक्रिय हुँदा म जस्तो महिला लाई खुसि लाग्छ l संबिधानले अधिकार नै नदिए पनि तपाइले अहिले विदेशको राष्ट्रपतिलाई भनेर खोप झिकाउदै हुनुहुन्छ l तपाइको आफ्नै मान्छेको सरकार लाई सहयोग गर्नु लागेको होला, दया माया लागेर l अर्को मान्छे सरकारको हाकिम भएको भए तपाइँलाई यो सक्रिय हुने अवसर मिल्ने थिएन l यसमा तपाई र तपाइको मान्छे दुवै चलाख हुनुहुदो रहेछ, तर पनि हाम्रो लागि अप्ठ्यारो महसुश भएको छ l तपाइको मान्छे बिदेशी जासुसलाई मध्यरातमा बिशेष बिमानबाट रातो कार्पेट बिछ्याएर बालुवाटार छिराएर घन्टौ गोप्य कुरा गर्ने सक्ने साहस भएको मान्छेलाई संरक्षण गर्ने तपाई कति सक्रिय हि ? उसको बिधिशास्त्रले प्रभावित भएर सर्बोच्च अदालतमा समेत बिगतमा त्यो शास्त्र लागु भए र अझै हुदैछन l सम्मानित अदालत ? यस्तो नि सम्मानित अदालत ?

सामन्त गोयलको गमले तपाइको मान्छेको पार्टी र मधेश तराइको भारतको हितमा काम गर्ने नेताहरु लाई टाँसीदिएपछि तपाइले महिना जति अगाडी सयौ मधेशका अपराधीलाईलाई आम माफी दिनु भयो l र फेरी केहि दिन अगाडी गणतन्त्र दिवस मानेर अरु सयौ अपराधीलाई माफी दिनु भयो l तर त्यो मर्चेन्ट क्यापिटल बैंक घोटालाका पिडित हरुलाई कैद मुक्त गर्नु भएन l म जस्ताले बुझेको चाही ति पिडितहरुलाई सामन्त गोयलले सिफारिश गरेका थिएनन् नकि उनीहरुको तपाहरु समक्ष पुग्ने पहुच थियो र नकि न्यायालयलाई घुस खुवाउने हैसियेत नै तिनको रहेछ l मैले पनि अरु जस्तै बिचौलिया र किर्ते गर्ने वकिललाई सुरक्षा दिने बार काउन्सिल र नामुद घुसिया लाई सुरक्षा दिने न्याय परिषद नि तपाइको सरक्षण मा छन् भन्ने अड्कल गर्ने गरेकी छु l

सामन्त गोयलले सिफारिश गरेको भए त अध्यादेश आइहाल्थ्यो र तिनीहरु कैद मुक्त भै हाल्थे l तपाइले सम्भब नै नहुने कुरालाई त गोयललेको आदेशले अध्यादेश जारी गरेर बिदेशी बुहारीलाई बिहे भएको दिन नेपाली नागरिक बन्ने अवसर दिनु भएको छ, हैन र ?

त्यहि सामन्त गोयलको तापले तपाईलाई ठुलो उर्जा मिलेको छ र तारम्तार संसद बिघटन गर्न सक्नु हुन्छ l तपाईहरुको उर्जा र गोयलको गमले संबैधानिक इजलास नि गोयल इजलास बनेको थियो र अहिले त्यहि क्रममा छ l दुइजना नामुद नामुद न्यायाधिश थेचरो बनेर भित्र भित्र गोयललाई सहयोग गर्दै हुनुहुन्छ l गोयलले भने पछि त नमागेको कुरा पनि दिने नामुद न्यायमूर्ति छन् हाम्रो नेपालमा l लाज सरम धर्म, नैतिकता तपाई र तपाइको मान्छेमा नभएपछि ति नामुद नामुद न्यायमुर्तिमा झल्किने कुरा भएन l

सारा दुनिया सुतेको बेलामा मध्यारातमा तपाई र तपाइको मान्छे लाजै मर्नुको षड्यन्त्रमा लाग्ने र जगत हसाउने कर्तुत, किर्ते, र तिकडम गर्ने सक्ने तागतलाई चाही मान्नै पर्छ l मेरो दिदीको पालाको अखिलेका ले गाउने ‘फाटेको जालोले छोपेको छोपे पनि छर्लङ्गै देखेको’ भन्ने गितको याद आयो lअनि त्यो छलछाम र नाटकलाई सदर गर्ने इजलास चाहिएको छ र न्यायालयका दुई हाजिर छन् त्यत्रो प्रश्न तेर्सिदा पनि थेचरो बनेर इजलास नछोड्ने भएका देखिन्छन l जबकि देशमा के भै राखेको छ भनेर सारा दुनियालाई सबै कुरा थाहा छ l

तपाइका आफ्नै मान्छेले नेपाल प्रहरीमा षडयन्त्र गरेर एआइजि राखेर सिनिएर र राम्रा अफिसरलाई रोकेर हुर्मत लिए पछि नेपाली सेनालाई आफ्नो नयमित ढंगले ठेक्का दिएर बेक्कुप बनाएको पनि जनताले हेरी राखेका छन् l अरु जस्तै म पनि नेपाल प्रहरीलाई सलुट गर्न चाहन्छु, किनकी उहाहरु (अहिलेका अफिसर्स र जवानहरु) असल हुनुहुन्छ l

अहिले तपाइको आफ्नै मान्छेले भुतपुर्ब प्रधान न्यायाधिशहरुलाई हुर्मत लिंदै हुनुहुन्छ l आफु नेपाल प्रहरी देखि सेना राज्यलाई दोहन र दुरुपयोग गरेर र भ्रष्टाचार गरेर सत्तामा गोयलको गमले टाँसिएर बसेका छन्, जुन तपाइहरुको चिन्ता पनि दुनियालाई थाहा छ , आफुले संरक्ष्ण गरेका भ्रष्टचारीहरुलाई अरुले छोला भन्ने डर छ l मर्चेन्ट क्यापिटलको भ्रष्टाचारी देखि अरु नाम चलेका कम्पनिहरुको कर्तुत l हामीले देख्दा त तपाई र तपाइको आफ्नो मान्छे जिम्बेवार भएको भए र नैतिकतामा ख्याल गर्ने, इज्जत जोगाउने, भ्रष्टाचार बिरोधि, र देशमा सुशासनमा कतिबद्द भएको भए त्यो मर्चेन्ट क्यापिटलको घोटालालाई उच्च स्तरिय आयोगबाट छानबिन गराउनु पर्ने थियो र पिडित लाई क्षतिपूर्ति र दोषीलाई सजाय दिनु पर्थ्यो l

राष्ट्रपति महोदय, अरु पछि

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.