Advertisement

नेप्सेमा छायो हरीयाली , सेयर बजारमा ५ अर्ब ३२ करोड माथिको कारोबार

0 907

Advertisement

२९ बैशाख, काठमाडौं । बुधबार सेयर बजार बन्द हुँदा हरियो देखिएको छ । नेप्से परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ अंकमा पुगेको छ ।

यो दिनको कारोबारमा १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता किनवेच भएको छ । उक्त सेयर मार्फत ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १०६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा ३ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई), आँखुखोला जलविद्युत् कम्पनी छन् । त्यसैगरी विशाल बजार (९.९९ प्रतिशत), रुरु जलविद्युत् परियोजना (९.९७ प्रतिशत), समता घरेलु लघुवित्त (९.९६ प्रतिशत), खानीखोला हाइड्रोपावर कम्पनी (९.९४ प्रतिशत), युनियन हाइड्रोपावर कम्पनीमा (९.९४ प्रतिशत)को उछाल देखिएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ (२.२७ प्रतिशत), सानिमा जनरल इन्स्योरेन्स (२.२३ प्रतिशत) र सूर्योदय लघुवित्त (१.८९ प्रतिशत)ले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका हिसाबले नेपाल पुनर्बीमा कम्पनी, एचआइडीसीएल, अपि हाइड्रोपावर अगाडि छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.