Advertisement

तास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

0 621

Advertisement

२९ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेल भित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ गरेको हो ।

साथै नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-८ भाग्राबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण बहादुर तामाङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा तास खेलिरेहको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ६९ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.