Advertisement

कसलाई देखाउँ म, आमा हजुरकाे फाेटाे फेसबुकमा राखेर

0 2,230

Advertisement

याेगेन्द्र खरेल

२८ बैशाख, लिस्वाेन (पाेर्चुगल)। 

आदरणीय माता श्री
सास्टाङ्ग दण्डवत

आराम छु, आराम चाहान्छु ।

आदरणीय माता श्री हजुरकाे आशिर्वाद र भगवान संग गरिरहनुभएकाे नियमित प्रार्थनाले आज २०२१ मार्च ११ काे स्थानिय समय अनुसार बिहानकाे ८:३७ बजे सम्म कुशल मंगल छु र हजुर पनि कुशल मंगल हुनुहाेला भन्ने कामना गरेकाे छु । म सानै हुदा हजुरले भनेकाे कुुरा मेराे मानसपटलमा अहिले पनि घुमिरहेकाे छ ।

जब मेराे एकजना दिदी र एकजना दाजुकाे जन्म पछि बाबाले बच्चा नजन्माउने भन्दै गर्दा, हजुरकाे आग्रहमा थप दुई सन्तान जन्माएर १ छाेरी र ३ छाेराकाे माता बन्नु भएकाे रहेछ । हजुरकाे यँही निर्णय कै कारण आज म हजुरकाे कान्छाे सन्तानकाे रुपमा याे संसार नियाल्ने अबसर पाएकाे छु । त्याे बेला हजुरले साेच्नु भएकाे थियाे हाेला ४ सन्तान भएपछि बृध्द अवस्थामा कमसेकम एउटा सन्तानले त साथ देला । तर हजुरले जुन सपना देखेर विभिन्न अभावहरुका बिच ४ जना सन्तान जन्माउने, हुर्काउने, पढाउने र बढाउने गर्नुभयाे त्याे सपना आजकाे दिनसम्म साकार हुन सकेकाे छैन । मलाई माफ गर्नुस है माता ।

आदरणीय माताश्री, हजुर सुगर, ब्लडप्रेसर, मुटुकाे भल्भलगाएतका करिब आधादर्जन राेगहरुकाे शिकार हुनुभएकाे छ । सबै राेगहरुका आैषधिहरु नियमित सेवन गरिरहनुपर्छ । करिब एक बर्ष पहिलेकाे भेटमा हजुरले भन्नु भएकाे थियाे नि कान्छा “काहीँ त भुलवस कुनै आैषधि दुईपटक खान्छु त कुनै आैषधि खानै बिर्सन्छु “। हजुरले हामिलाई हुर्काउदै गर्दा हाम्रा दिशापिसाब साेहाेर्दै गर्दा पक्कै पनि, आफू बृध्द हुदा यिनै सन्तानले साहरा दिनेछन भन्ने सपना पक्कै देख्नुभएकाे थियाे हाेला , बिरामी पर्दा ताताे पानी संगै आमा हजुरलाई कस्ताे छ ? भनेर साेध्न काेठासम्म आइपुग्लान । न आत्तिनु है आमा बिस्तारै ठिक हुन्छ भन्दै निधारमा सुमसुम्याउदै ढाडस देलान भन्ने पक्कै सपना देख्नु भएकाे थियाे हाेला है ?

तर ४ सन्तान कि आमा हजुर उमेरले ७० काटिसक्दा धेरै जसाे राेगहरुले हजुरकाे शरिरमा डेरा जमाइसक्दा एक्लै हुनुहुन्छ । हजुरकाे सधैकाे बिरामि देखेर बाबा पनि हजुर संग झर्किनुहुन्छ हाेला है । ४ सन्तान कि आमा , हजुरलाई साहरा चाहिएकाे बेला एक सन्तान पनि साथमा नहुदा पक्कै पनि हिनताबाेध हुन्छ हाेला । पक्कै पनि आफुले आफुलाइ अभागी ठान्नुहुन्छ हाेला ।

हजुरकाे बैंक एकाउन्टमा पैसा छ हाेला , फ्रिज भरि फलफुलहरुले भरिएकाे छ हाेला । माछामासु दुधदहि पनि पक्कै घरमा आउँछ हाेला । तर हजुरलाई एक्कासि सुगर कम भएर हातखुट्टा काँपिरहेकाे बेला फ्रिजमा भएकाे फलफुल काटेर दिने काेहि छैनन भने ती फ्रिज भरि भएका फलफुलकाे के अर्थ । बैंकमा भएकाे पैसा निकाल्न जादा २/३ पटक चेकमा हस्ताक्षर नमिल्दा बैंक कर्मचारीले झर्काे मानेर गालि गरेपछि त्याे एकाउन्टमा भएकाे पैसाकाे के अर्थ । मलाई थाहा छ आज हजुर संग धेरै कुरा हुँदै गर्दा केही पनि नभएकाे अनुभुती भइरहेकाे छ हाेला । किनकि जसलाई बुढेसकालकाे साहरा मान्नुभएकाे थियाे त्याे हजुरको साथमा छैन ।

आज मातातिर्थ आैषि रहेछ यानिकि आमाकाे मुख हेर्ने दिन । आफ्नि आमाकाे बृध्दभत्ता समेत बुझेर आमालाई नदिने पल्लाघरे दाजुभाउजुले हेप्पि मदर्स डे भन्दै आमाकाे फाेटाे फेसबुकमा राखेकाे देखे । आफ्नि आमा बिरामी परेर थलिएर आेछ्यान मै दिशापिसाब हुदा काेठाकाे ढाेका बाटै खाना फालिदिने पल्लाघरे काकाले पनि हेप्पि मदर्स डे भन्दै फेसबुकमा फाेटाे राखेकाे देखे । अंशबण्डा काण्डमा आमालाई अदालसम्म पुर्याएकाे बिर्खेले पनि हेप्पि मदर्स डे भन्दै फाेटाे राखेकाे रहेछ । तर म चाहिँ आज हजुरकाे फाेटाे हेप्पि मदर्स डे भन्दै फेसबुकमा राख्ने हिम्मत गर्न सकिन । जुन आमालाई म खुसि राख्न सकेकाे छैन, त्यहि आमाकाे फाेटाे फेसबुकमा राखेर कसलाई देखाउ म ।

मलाई माफ गर्नुस है आमा, आज हजुरकाे फाेटाे फेसबुकमा राख्ने हिम्मत गरिन

आज पक्कै पनि फेसबुक काे काे ले आमाकाे फाेटाे फेसवुकमा राखे भनेर हेर्दै हुनुहुन्छ हाेला । लाै याे कान्छा ले किन अझै मेराे फाेटाे राखेन भनेर साेच्दै हुनुहुन्छ हाेला , बिरामि भएर पाे हाे कि व्यस्त भएर पाे हाे कि आदि ईत्यादि साेच्दै भगवान् संग मेराे लागि प्रार्थना गरिहरनुभएकाे छ हाेला । तर जुन सन्तानले बृध्दभएका बाबाआमाकाे सेवा गर्न सकिन त्यहि सन्तालले हजुरकाे फाेटाे फेसबुकमा राख्ने हिम्मत पनि गरिन मलाई माफ गर्नुस है आमा ।

म प्रदेशमा बिरामि हुदा हजुरले खै कसरी कसरी थाहा पाइहाल्नु हुन्छ । तेराे बाेलि अर्के भा छ है बिरामि भाछस र भन्नुहुन्छ । कहिलेकाही दाह्री नफाल्दा किन के पिर पर्याे र दाह्री पनि फालेकाे छैनस नि । मेरा प्रत्येक अबस्थामा हजुरले, यति धेरै चासाे र चिन्ता ब्यक्त गर्नुुहुन्छ । कहिलेेकाहि निद्रा मै भएकाे बेला फाेन गर्नुहुन्छ र भन्नुहुन्छ कान्छा त ठिकै छस नि , आज राति सपना नराम्रो देखेर फाेन गरेकाे , ल ल सुत सुतिरा हाेलास भन्दै फाेन काट्नुहुन्छ । सातसमुन्द्र पारि रहेकाे याे सन्तानलाई खाेकि लाग्दा हजुरकाे घाँटी दुख्छ , यहाँ मलाई केही साह्रो गाह्राे पर्याे कि त्यहा हजुरले नराम्रो सपना देख्नुहुन्छ । त्यसैले आमा हजुर मेराे लागि भगवान भन्दा पनि माथि हुनुहुन्छ । छाेराे रहर भन्दा पनि बाध्यताबस बिदेश पसेकाे छ भन्नू बुझ्नुभएकाे छ र त आफ्नाे लागि भन्दा मेराे लागि भगवान संग निरन्तर प्रार्थना गरिरहनुभएकाे छ ।

सबै दुखपिडा दबाएर , भिडियो कलमा हासेरै बाेलिदिनुहुन्छ । सधैं भिडियाे कल गर्ने हजुर जुन बेला राेगले अल्लि बढि च्याप्छ त्याे बेला अडियाे कल मात्र गर्नुहुन्छ । सायद आफ्नाे पीडा देखेर सन्तान दुखि नहुन भन्ने हजुरकाे चाहाना हाेला । हजुरकाे बाेलिचालि बाटै हजुरलाइ राेगले बढ्ता च्यापेकाे हेा कि भन्ने म पनि अनुमान लगाउछु । आफुले आफुलाई अभागि महसुस गर्छु । याे प्रदेश पस्नु मेराे रहर या बाध्यता ? भन्ने बारे आफुले आफुलाई प्रश्न साेध्छु । तर जवाफ पाउदिन । मलाई माफ गर्नुस है आमा मलाई माफ गर्नुस ।

जय देश जय नेपाल

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.