Advertisement

आजको खेलकुद गतिविधी

0 1,637

Advertisement

३१ चैत, काठमाडौं ।

कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट

तेश्रो केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट सहभागी हुने छात्र÷छात्राको कबड्डी खेलाडी टोली सोमबार छनोट गरिएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित भक्तपुर जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सबाट छात्र÷छात्रामा समान ९–९ खेलाडी छनोट भएका हुन् ।

छात्रमा पारागनका सुनयन प्रजापति, मिनर्वाका उत्सव थुनइ, जेन्युनका सुमन नापित, बागेश्वरीका भूपेन्द्र ठकुरी, कृष तछामो र राज भरिखु, खपिन्छेका सुवास विक र सुमित कार्की तथा मिनर्वाका सुचन श्रेष्ठ छनोट भए । छात्रामा बागेश्वरीकी रश्मी श्रेष्ठ, साइनिङका सिमरन तामाङ, स्मृति तामाङ, सशिना तमखु, सजिना तामाङ, प्रतीक्षा वाइबा र प्रतीक्षा थापा मगर तथा पञ्चकन्याका प्रतिभा खड्का र विष्णु ओली रहेका छन् ।

करातेको छात्र÷छात्रामा समान ४–४ गरी ८ खेलाडी छनोट भए । छात्र ३० केजीमा कृष वाछा, ३५ केजीमा विमलकुमार थापा, ४० केजीमा विकास तामाङ र एकल कातामा अनुभव आचार्य छानिए । चारै बागेश्वरीका हुन् ।

छात्रा ३० केजीमा बागेश्वरीकी श्रीया शाही, ३४ केजीमा रोम्बसकी कृतिका राई तथा ३८ केजी र एकल कातामा माउन्ट भ्यालीकी तेजु बजिकोले केन्द्रीय प्रतियोगिताका लागि स्थान सुनिश्चित गरे ।

टेबलटेनिसमा पनि समान ४–४ छात्र÷छात्रा गरी ८ खेलाडी छानिए । छात्रमा माउन्ट भ्यालीका सोहन गोर्खाली, द राइजिङका नुनिश सुवाल तथा प्रोक्सिमाका आशिष लिबी र सफल तामाङ छनोट भए । छात्रामा प्रभातकी करिना सुवाल, प्रोक्सिमाकी नर्वदा खाइतु र श्रृष्तिका लिबी तथा प्रभातकी सौरभी कोजु छानिए ।

सात खेल समावेश प्रतियोगिताअन्तर्गत उक्त तीन खेलसहित ६ खेलको छनोट सम्पन्न भइसकेको छ । यसअघि एथलेटिक्स, तेक्वान्दो र उसुको छनोट सम्पन्न भइसकेको छ । ब्याडमिन्टनको छनोट बैशाख ३ गते हुने छ ।

भूपेन्द्र र पवन फाइनलमा

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र भूपु बक्सिङ पोखराका पवन गुरुङ एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोटमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोटको पुरुष ६४ केजी सेमिफाइनलमा भूपेन्द्रले एपीएफका सोनम सार्की तथा पवनले बक्समान्डुका दावा छिरिङ लामालाई पराजित गरे ।

पुरुष ४९ केजीमा आर्मीका सुशिल थापा मगरले आर्मीकै तेजबहादुर देउवा र सुर्खेतका मोहन गुरुङले एचटुओका रविन थापा, ५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका प्रदीप महर्जन र प्रहरीका चन्द्रबहादुर थापाले भूपु बक्सिङ पोखराका सुशिल क्षेत्री, ६० केजीमा आर्मीका विमल रोक्का मगरले दाङका अनिलकुमार पुन मगर र बक्समान्डुका गणेश थापाले नक्सालका मौसम राना मगर तथा ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता ललितपुरका सनिल शाहीले बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका रवि सुनारले एपीएफका सुमन कार्कीलाई हराउदै फाइनलमा स्थान पक्का गरे ।

पुरुष ५६ केजीमा एपीएफका पुरन राईले एचटुओका बुद्ध ग्याम्जो लामालाई पन्छ्याउदै फाइनलमा स्थान बनाए । सोही स्पर्धामा आर्मीका पुरन सुनुवारले भूपु बक्सिङ पोखराका जेनिश गुरुङबाट वाकओभर पाउदै फाइनलमा पुगे ।

महिला ५१–५४ केजीमा १३ औं सागकी स्वर्ण विजेता आर्मीकी मिनु गुरुङले प्रहरीकी निशा तामाङ, ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरी, ५७–६० केजीमा एपीएफकी संगिता सुनारले आर्मीकी सविना श्रेष्ठ, ६०–६४ केजीमा आर्मीकी पुनम रावलले आर्मीकै संगिता दंगाल र ६९ केजीमा एपीएफकी सरस्वती राना मगरले सोही क्लबकी विनिता थापा मगरलाई पाखा लगाउदै फाइनलमा पुगे ।

महिला ४६–४८ केजीमा आर्मीकी ललिता महर्जनले प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै एपीएफकी माला राईसंग फाइनल भेट पक्का गरिन् । अर्को सेमिफाइनलमा मालाले आर्मीकी आरती बोम्जनलाई हराएकी थिइन् । एलिट बक्सिङ प्रतियोगिता भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म सञ्चालन हुने छ ।

रञ्जनालाई स्वर्ण

बोधीसदन तेक्वान्दो डोजाङकी रञ्जना थापाले दोश्रो इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला सिनियर ६२ केजीमाथि सोमबार स्वर्ण जितेकी छन् । रञ्जनाले फाइनलमा अलाइफ तेक्वान्दो टिम नवलपुरकी विनि थारुलाई पराजित गरिन् ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियरतर्फ नै पुरुष ७४ केजीमाथि युनिटी तेक्वान्दो डोजाङका सुजन गिरी, पुरुष ५४ केजीमुनि टीसीएन तेक्वान्दो डोजाङका विप्लव वाइबा, महिला ५७ केजीमुनि सोदेपुर तेक्वान्दो एकेडेमी, भारतकी संगिता चक्रवर्ती, पुरुष ५८ केजीमुनि बोधीसदनका विवेक बस्नेत, महिला ६२ केजीमुनि चितवन कथर तेक्वान्दो डोजाङकी संगिता तामाङ पुरुष ६३ केजीमुनि बोधीसदनका निराजन खड्का, पुरुष ६८ केजीमुनि गैडाकोट तेक्वान्दो डोजाङका अनिश परियार र पुरुष ७४ ७४ केजीमुनि अलाइफका मनीष खनाल पहिलो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा नेपालबाट ४ सय ४० र भारतबाट ६० गरी ५ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ब्याडमिन्टनमा दिपन र अदितीलाई सफलता


केबीए च्याम्पियनसिप २०२१ स्प्रिङमा दिपन गायक र अदित राईले सफलता हात पारेका छन् । दिपन मेन्स सिंगल र अदिती वुमेन्स सिंगलमा पहिलो भएका हुन् ।

काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा बुल्स इन्डोर स्पोर्ट्स हल, नक्खुमा सम्पन्न दुई दिने प्रतियोगितामा दिपनले अश्विन जालनलाई २१–१७ र २१–१७ ले पराजित गर्दै मेन्स सिंगलको उपाधि जितेका हुन् । लिग कम नकआउटको आधारमा भएको यस स्पर्धामा सात खेलाडी सहभागी थिए, जसमा बबिश थापा र उत्सव राजभण्डारी संयुक्त तेस्रो भए ।

मेन्स सिंगलबाहेकका वुमेन्स सिंगल, ब्वाइज यू १२ र मिक्स यू ९ स्पर्धा भने राउन्ड रोबिन लिगको आधारमा सञ्चालन गरियो ।
वुमेन्स सिंगलकी विजेता अदिती राईले लिगका तीन वटै खेल जितिन् भने दुई खेल जितेकी क्षितिज बुढाथोकी दोस्रोमा रहिन् भने प्रसंशा थापा तेस्रो भइन् ।

ब्वाइज यू १२ स्पर्धामा प्रज्वल श्रेष्ठ पहिलो स्थानमा रहे । उनले लिगका तीनै खेल जिते । यस स्पर्धामा तत्सव ढकाल दोस्रोमा रहे भने असल क्षत्री र विसारद पाण्डे संयुक्त तेस्रो भए ।

मिक्स यू ९ मा सबै खेल जितेका शिवांश तातेर पहिलो भए । काश्वी थापा दोस्रो भए भने साजिया महर्जन र अदिप थपलिया संयुक्त तेस्रो भए ।
एकेडेमीमा ट्रेनिङ गरिरहेका कुल २४ खेलाडीले दुई दिने प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । विजेताहरूलाई एकेडेमीकी अध्यक्ष एवम् पूर्वराष्ट्रिय च्याम्पियन रीता अधिकारी विष्टलगायतले मेडल तथा पुरस्कार प्रदान गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.