Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

0 79

३१ चैत, काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.