Advertisement

राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्छ : तिमिल्सिना

0 103

Advertisement

२५ साउन, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा बताएका छन् ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिंदा लाभ लिनबाट नागरिक वञ्चित हुनुपरेको बताएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको काम समयमै नसकिंदा स्वच्छ खानेपानीबाट नागरिक वञ्चित हुनुपरेको उनले बताए । आयोजना ढिलो हुँदा लागत बढ्ने र जसले सरकारलाई आर्थिक भार थपिन जाने भन्दै तोकिएकै समयमा आयोजना सक्नुपर्ने उनले बताए ।

राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्वका आधारमा छनोट हुनुपर्ने उनले बताए । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरुको मन परेको योजनालाई बनाउन नहुने उनको भनाइ थियो ।

‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ, त्यति राज्यले प्रतिफल पाउँछ । कुनैपनि आयोजना ढिला हुँदा लागत बढीहाल्छ । त्यसको लाभ हामीले ढिलो गरेर लिन्छौँ, उनले भने ।

अध्यक्ष तिमिल्सिनाले समयमै योजनाहरुको काम सकिएको छ वा छैन भन्ने बारेमा समितिले निगरानी बढाउनुपर्नेमा जोड दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.