Advertisement

म्याग्दीमा ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

0 96

Advertisement

२५ साउन, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ ।

सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थासहितको विवरण सङ्कलन थालेका जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधोपचार गर्न कार्यक्रम कार्यान्वन गरेका हौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा मङ्गलबारदेखि सातवटा वडामा ज्येष्ठ नागरिकको लगत सङ्कलन सुरु भएको छ ।”

बेनी बजारभित्र पर्ने वडा नं ७ र ८ का बासिन्दाले जिल्ला अस्पतालबाट सेवा लिने गरेका छन् । वडा नं ६ मा स्वास्थ्यकर्मीको जनशक्ति नभएकाले केही दिनमा घरदैलोमा खटाउने नगरपालिकाको योजना छ । ठूला वडामा एक हप्ता र साना वडामा तीनदेखि चार दिनभित्र ज्येष्ठ नागरिकको लगत सङ्कलन गरिसक्ने नगरप्रमुख केसीले बताउनुभयो ।

ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिनेछन् ।

स्वास्थ्यकर्मी घरदैलोमा गएको पहिलो दिनमै लुकेका स्वास्थ्य समस्या पहिचान भएको छ । वडा नं ५ पुलाचौरमा दुर्घटनामा परेर घाइते भएकी एक वृद्धाको खुट्टामा राखिएको स्टिल नझिकिएका कारण घाउ परेको अवस्थामा भेट्टाएका छन् । ती वृद्धालाई पोखरामा थप उपचारको व्यवस्था मिलाइने नगरप्रमुख केसीले बताउनुभयो ।

लगत सङ्कलन भएपछि नसक्नेलाई घरमै र हिँड्न सक्नेलाई टोल–टोलमा चिकित्सकलाई लगेर औषधि र उपचार सेवा दिने योजना बनाएको नगरप्रमुख केसीले बताउनुभयो ।

कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.