Advertisement

डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

0 130

Advertisement

०७ जेठ, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने भएको छ ।

नगरप्रमुख बाजी खड्काको अध्यक्षतामा आज नगर कार्यपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरूको बसेको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको छ ।

सुत्केरी हुने वा भएका महिलालाई नगरपालिकाको एम्बुलेन्समार्फत जिल्लाबाहिर लैजानुपरेमा ५०५ छुट दिने तथा नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

नगरपालिकाभित्र सबैलाई उचित पर्ने स्थानमा खेलमैदान निर्माण गर्ने नगरपालिकाको पहिलो बैठकले निर्णय गरेको नगरप्रमुख खड्काले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिले आज आफ्नो पदभार ग्रहण गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.