Advertisement

नवनिर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग

0 140

Advertisement

०७ जेठ, मङ्गलबारे । पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गर्नुभएको छ । इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनाले सपथ लिनु अगाबै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक

महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गर्नुभएको हो । उहाँले शपथ लिनु आगाबै अस्पतालमा अलपत्र युवतिको शव घरसम्म ल्याउन पहल गर्नुभएपछि परिवारले अन्तेष्ठी गरेको बताइएको छ ।

माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुङ्गेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँको मृत्युपछि अस्पतालले उपचार खर्च तिर्न र शव बुझ्नका लागि परिवारलाई बोलाएको थियो ।

आर्थिक अभावका कारण उहाँको परिवार काठमाडौँ गएर उपचार खर्च तिर्ने र शव ल्याउन सक्ने अवस्थामा थिएन । नवनिर्वाचित वडाध्यक्ष खनालले अस्पतालमा लागेको रकम भुक्तानी गरेर शव घरसम्म ल्याउने व्यवस्था मिलाइदिनुभएको थियो ।

मृतक मगरका श्रीमान् सात वर्षदेखि सम्पर्कमा नभएको र तीन महिनाअघि उहाँहरूको घर आगलागीबाट सखाप भएको थियो । वैदेशिक रोजगारीका लागि दुबईबाट फर्किनुभएकी मगर मिर्गौलाको रोगी हुनुहुन्थ्यो । मृतक मगरको सात वर्षको एक बच्चा छ । सामाजिक सेवा गर्न जनताले मत दिएको बताउनुभएका वडाध्यक्ष खनालले सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.