१२ चैत, काठमाडौं । देशमा भ्रष्टचार र बढ्दै गएको बेतिथिलाई समेटेर युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतमा गायक सुनारको स्वर, शब्द र संगीतमा रहेको छ।
देशलाई समृद्ध बनाउनको लागि इमान्दार नेताको खाँचो रहेको कुरा समेटिएको यस गीतको भिडियोमा धुर्व बिश्वकर्मा , निश्चल कार्की र प्रमोद श्रेष्ठ फिचर्ड छन्। सम्भव सुवेदीले भिडियोलाई छायाँकन र सम्पादन गरेका हुन्। कल्याण थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक सुनारको च्यानल ‘रिवाज सिंह सुनार’ मार्फत भिडियो सार्वजनिक भएको हो।
भिडियो :