Advertisement

रुद्रमानको स्मृतिमा उद्यान निर्माण अभियान

0 187

Advertisement

०५ माघ, बलेवा । ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासले उद्यान निर्माणको काम थालेको हो ।

उद्यान निर्माणको जिम्मेवारी पाएको उपभोक्ता समिति र घरबासले संरचना निर्माणका लागि रकम अभाव भएकाले सहयोग अभियान थालेका हुन् । भकुण्डे भ्यूटावर परिसरमा उद्यान निर्माणको काम थालिएको अतिथि सत्कार समुदायिक घरबासका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गुरुङको शालिकसहितको उद्यान निर्माण हुनेछ । एक सय मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रफलमा उद्यान बनाउन थालिएको छ ।

“गुरुङको स्मृतिमा उद्यान बनाउनु हामी पर्यटन व्यवसायीको दायित्व हो”, उहाँले भन्नुभयो, “घरबासकै पहल र सक्रियतामा उद्यान बन्दैछ ।” गण्डकी प्रदेश सरकारले घरबासका लागि उपलब्ध गराएको रु १० लाख अनुदान सहयोगबाट उद्यानको काम थालिएको हो । झण्डै रु पाँच करोड ५० लाखको विस्तृत परियोजना प्रतिवेदन रहेको उद्यानका लागि रु १० लाखमात्रै अनुदान मिलेको छ ।

बाँकी रकम जुटाउन उपभोक्ता समिति, स्थानीयवासी र घरबास सञ्चालकले दाताको साथ खोजिरहेका छन् । अभियानको सुरुआत भएसँगै देश–विदेशमा रहेका भकुण्डेवासीले सहयोग गर्न थालेका छन् । अभियानलाई प्रभावकारी बनाउँदै प्रारम्भिक चरणका काम सम्पन्न गर्ने लक्ष्य रहेको थापाले बताउनुभयो ।

अघिल्लो वर्ष उद्यान निर्माणस्थलमा तारबार र संरचना निर्माणको काम थालिएको उपभोक्ता समितिले जनाएको छ । “उद्यानमा फूलबारी र अन्य संरचना पनि बन्छन्”, थापा भन्नुहुन्छ, “पर्यटकीय गाउँ भकुण्डे आउने पर्यटकका लागि अर्को सुन्दर गन्तव्य बनाउँदैछौँ ।” उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्री रहने पुस्तकालयसमेत निर्माण गर्ने योजना घरबासले बनाएको छ । “यहाँ आउने जो–कोहीले ग्रामीण पर्यटनका पिताको विषयमा जानकारी पाउन भन्ने हो”, थापाले भन्नुभयो, “ग्रामीण पर्यटनको विषयमा अध्ययन गर्न चाहनेहरूका लागि व्यवस्था मिलाउँछौँ ।”

घरबास सञ्चालक र उपभोक्ता समितिले गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीलाई ल्याएर उद्यान निर्माणको शिलान्यास गराएका थिए । “प्रदेश सरकारले घरबासलाई दिएको रकम दुरुपयोग भनेर अनुगमन थालेको छ”, घरबास सञ्चालक चन्द्रवीर थापाले भन्नुभयो ।

अष्ट्रेलियन नागरिक टमी पार्क र भूतपूर्व गोरखा सेनाका अवकाशप्राप्त लाहुरे गुरुङको प्रयासमा २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी पहिलो ग्रामीण पर्यटनगाउँका रुपमा चिनिएको थियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराले पनि यसअघि ‘गुरुङ स्मृति पुरस्कार’ गाउँ पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने गरी स्थापना गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.