Advertisement

लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेन

0 860

Advertisement

०६ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा लाखाँै खर्चेर निर्माण भएको लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि निर्माण भएको आयोजना प्रयोगमा नआउँदा सफा, स्वच्छ र सुरक्षित खानेपानी सहजरुपमा उपभोग गर्ने पात्लेखेतवासीको वर्षौंदेखिको सपना अधुरो छ । स्थानीयवासी केदारनाथ शर्माले एकातर्फ लाखौँ लगानी भएको आयोजना प्रयोगविहीन बन्ने र अर्कोतर्फ उपभोक्ताले खानेपानीका लागि दुःख पाउने अवस्था रहेको बताउनुभयो ।

“निर्माण भएका संरचना प्रयोगमा नआउँदै जीर्ण बनेका छन”, उहाँले भन्नुभयो, “खानेपानी आपूर्ति नहुँदा उपभोक्ताको समस्या जस्ताको तस्तै छ ।” बेनी नगरपालिकाले आव २०७६÷७७ मा पात्लेखेतमा काछलुङ लिफ्ट खानेपानी योजना निर्माणका लागि रु ४८ लाखमा ठेक्का सम्झौता गरेका थियो ।

नगरपालिकाका इञ्जिनीयर विमल रञ्जन कार्कीका अनुसार आयोजना निर्माणमा रु ३९ लाख खर्च भएको छ । “कोभिडको पहिलो लहर फैलिएपछि गरिएको बन्दाबन्दीले असारमा सुरु गरेर एकै महिनामै निर्माण गर्नुपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो, “बर्खाको खेतीबाली लगाउने याम भएकाले बाली लगाएको जग्गामा वितरण तथा मुख्य लाइन योजनाअनुसार बनाउन सकिएन् ।”

साठी घरधुरीलाई खानेपानी वितरण गर्ने उद्देश्यले सञ्चालित योजनामार्फत पात्लेखेतको फेदी कात्लुङमा दुई वटा इन्टेक, दुई वटा ट्याङ्की निर्माण, मुख्य लाइन र सौर्य ऊर्जामार्फत पानी तान्ने प्रविधि जडान भएको थियो । गत आव २०७७÷७८ मा बेनी नगरपालिको थप रु दुई लाख विनियोजन गरेर मुख्य लाइन सिधा बनाएपछि केही समय आयोजना सञ्चालनमा आएको थियो ।

बर्खामा पहिराले सङ्कलन च्याम्बर र दुई वटा इन्टेक बगाएपछि खानेपानी आपूर्ति हुन नसकेको स्थानीयवासी शिबहादुर शाहीले बताउनुभयो । “पुरानो ट्याङ्कीमा नयाँ आयोजनाको पानी सङ्कलन गरेर वितरण गर्ने व्यवस्था मिलाउन खोजिएको थियो”, उहाँले भन्नुभयो, “उपभोक्ता बढेका र पुरानो मुहानको पानी कम भएकाले समस्या भएको छ ।”

स्रोत कम भएकाले पानी भर्न पालो लगाउने गरेका छन् । सीमित सङ्ख्याको सार्वजनिक धारामा पानी भर्न स्थानीयवासीको भीड लाग्ने गरेको छ । कतिपयले धाराबाट घरमै निजी पाइप जोडेर पानी लैजाने गरेका छन् । व्यवस्थापनमा चुनौती र पानीले सामाजिक द्वन्द्व बढाएको छ ।

पात्लेखेतका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले क्षतिग्रस्त लिफ्ट खानेपानी आयोजनाका संरचना मर्मत गरी पुनःसञ्चालनका लागि नगरपालिकामा प्रस्ताव गरेको बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.