Advertisement

राप्तीको दोलाई खोला समुदायलाई हस्तान्तरण

0 429

Advertisement

तिर्थराज ज्ञवाली

०१ चैत्र, मसुरीयाँ (देउखुरी दाङ) । राप्ती गाउँपालिकाकाले जलिए जैविक विविधता संरक्षणका लागि दोलाई खोला समुदाय लाई हस्तान्तरण गरेको छ ।
मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रको आयोजनामा दोलाई खोलामा जैविक विविधता संरक्षणका लागि स्थानिय समुदायसंग परामर्श गरि जल र जलिए जैविक विविधता संरक्षण गर्दै आएको बैखा संरक्षण समुहलाई खोला हस्तान्तरण गरिएको हो ।


बैखा संरक्षण समुहलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रका सचिव कुमार राज श्रेष्ठ, कार्यक्रम संयोजक प्रदिप मजगैया लगायतले खोला संरक्षणका लागि स्वीकृति सहित प्रमाण पत्र प्रदान गर्नु भएको छ ।


राप्ती गाउँपालिका वडा नं ५ स्थीत दोलाई खोलाको ७६ हेक्टर क्षेत्रमा असुरक्षित माछा मार्ने कार्यको पुर्ण रुपले रोग लगाउदै जलीय जैविक जीवको संरक्षण गर्ने उदेश्यका साथ समुदायलाई खोला हस्तान्तरण गरिएको हो ।


राप्ती गाउँपालिकाले जलचर एवं जलिइ जैविक विविधता संरक्षण ऐन २०७५ पास गरि ऐन अनुसार राप्ती गाउँपालिका क्षेत्रका असंख्य खोला, नदि तथा कुला कुन्टाहरुमा प्राकृतिक रुपमा माछा तथा जलिय जैविक विविधताको संरक्षण गर्न स्थानिय राजपत्रमा समेत ऐन प्रकाशन गरि सकेको छ ।


देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदि, खोलामा जलीय जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदि तथा खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको मानव कल्याणका कार्यक्रम प्रबन्धक प्रदिप मजगैयाँले बताउनु भएको छ ।


जलचर एब जलीय जैविक विविधता संरक्षण ऐन पास गरि समुदायले संरक्षण गरेको नदि समुदाय लाई भोगाधिकार दिन सकिने ब्यबस्था गरेको छ ।


संस्थाले राप्ती नदीको जलिय जैबिक विविधताका चुनौतीहरुलई न्युनिकरण गर्ने दिगो तरीकाले माछाको उपयोग गरी बिनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागी देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समुह समेत गठन गरि संरक्षणको अभियानलाई तिब्रता दिदै आएको समेत फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिनु भएको छ ।


देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदि, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदि तथा खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.