Advertisement

अफगानस्तिानबाट नेपाली फर्काउन पाकिस्तानले सहयोग गर्ने

0 617

Advertisement

०१ भाद्र, काठमाडौं । अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ । सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट नेपालीहरु स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएका हुन् ।

तालिवानहरुले सत्ता कब्जा गरेपछि हाल अफगाननिस्तानबाट व्यवसायिक उडान अन्तराष्ट्रिय उडान अवरुद्ध छ । ‘अफगानस्तिानको जालालावाददेखि पाकिस्तानको तोरखाम सीमासम्म आउन समन्वय हुन सके पाकिस्तानबाट सहजै काठमाडौं जान सकिने कुराकानी भएको छ’ , राजदूत अधिकारीले भने, ‘तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको छ ।’

यो नेपालीसहित अन्य देशका नागरिकका हकमा पनि मान्य हुनेछ । यसका लागि सहुलियत भिसा बढीमा एक महिनाका लागि मान्य हुने जनाइएको छ । जलालावाद तोरखाम दूरी ७० किलोमिटर छ ।

त्यहाँबाट पेसावर वा राउलपीण्डी हुँदै इस्लामावाद पुगेपछि जहाजबाट काठमाडौं फर्कन सम्भव हुन्छ । कान्तिपुर



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.