बुङ्गल हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२६ साउन, काठमाडाैँ । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेकाे आईपीओमा स्थानीय बासिन्दाले आज अपरान्ह ५ बजेसम्म आवेदन दिने सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे थियाे, जसमा स्थानीय बासिन्दाका लागि भने आवेदन दिने अवधि थप गरेकाे थियाे । प्रयाप्त आवेदन नपरेपछि आज साउन २६ गतेसम्मका लागि अवधि थप गरिएकाे थियाे ।

कम्पनीले ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सो आईपीओमा न्यूनतम् १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनासञ्चालन गरेको छ । जसको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours