हरिबोधनी एकादशीको धार्मिक महत्व!

०३ मंसिर, काठमाडौँ । मिती २०८३ मंसीर ४ गते शुक्रबार कार्तिक शुक्लपक्ष हरिबोधनी एकादशी तिथी राती २ / २२ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथि आरम्भ साथै यो दिन तुलसीको विवाह र भिष्मपञ्चकारम्भहुने भएकोले हरिबोधिनी एकादशीको व्रत महिमा ,कसको पूजा गर्ने ,कसरि गर्ने ,के फलप्राप्त हुन्छ ,बुझ्नु पर्दछ ! तावद्गर्जन्ति तिर्थानी ह्यासमुद्रं सरांसि च। यावत् प्रबोधिनी विष्णोस्तिथिर्नाssयाति कार्त्तिकी।। अर्थात् समुद्रसम्मका सारा तिर्थहरु र पुण्यदायी तलाउहरु तबसम्म गर्जनछन् ,जबसम्म कार्तिकमा बिष्णु जागाहुने उहाँको तिथि हरिबोधनी एकादशी आउँदैन।

व्रत भनेको “व्रीयते ,स्विकृयते जनै :यत् तत् व्रतम् “अर्थात् जसलाई भित्री हृदयदेखि नै लिइन्छ वा स्वीकार गरिन्छ त्यो नै व्रत हो। त्यसैले यस्तो व्रतको दिन भरसक खानुहुँदैन। “न भोक्तव्यं न भोक्तव्यं हरेर्दिने – हरेर्दिने”अर्थात् हरिको दिनमा नखाउ नखाउ भनेको छ। सकिन्छ नखानी ,सकिंदैन एक छाक खाएर व्रत बस्ने गर्नुपर्दछ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-

१ , स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।

न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ।

अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

२. कूर्मपुराणको मत-

व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः
तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः।

अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

३. श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको आदेश छ ।

यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्‌।

अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न। शास्त्रमा तप अंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ। एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।कात्तिक शुक्लपक्षको प्रबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ।

यसलाई ठूली एकादशीको रूपमा पनि मान्ने गरिन्छ। ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन्। तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ। यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ।

एक पटक भगवान नारायणसित लक्ष्मीले भनीन- ‘हे नाथ! अब हजुर दिन-रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ। अत: हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस्। यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु।’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो- ‘देवी’! तिमीले ठीक भन्यौ। म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ।

तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुदैँन। त्यसैले, तिम्रो कथनानुसार आजदेखि म प्रतिवर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु। त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ। मेरो यो निद्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ। यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ। यस कालमा मेरा जतिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन तिनको घरमा तिमीसमेत म निवास गर्नेछु। भगवान विष्णुलाई चार महिनाको योग-निद्राबाट जगाउनका लागि घण्ट ,शङ्ख,मृदंग आदि वाद्यका मांगलिक ध्वनिका बीच यी श्लोक पढेर जगाउछन-

उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ॥

उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत-वसुन्धरे।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ॥

श्रीहरिलाई जगाए पछि उनको षोडशोपचारविधिले पूजा गर्नुपर्छ। अनेक प्रकारका फलका साथै नैवेद्य (भोग) निवेदित गर्नुपर्छ।

संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ। यस एकादशीमा रातभरि जागेर हरि नाम-संकीर्तन गर्नाले भगवान विष्णु अत्यन्त प्रसन्न हुने गर्नुहुन्छ। विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ।अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिप्रवोधिनी (देवोत्थान) एकादशीका दिन समाप्त हुन्छ।
त्यसैले

You May Also Like

More From Author

+ There are no comments

Add yours