मङ्सिर महिना श्रवण !

०१ मंसिर, काठमाडौँ । आज मिति २०८३ साल मङ्सिर १ गते मंगलबार वृश्चिक (मार्गशिर्ष)संक्रान्ति ,रौद्र नामसंवत्सर, दक्षिणायन ,हेमन्तऋतु कार्तिकशुक्लपक्ष अष्टमी तिथी राती १ / २७ बजेसम्म त्यस उप्रान्त नवमी तिथी आरम्भ धनिष्ठा नक्षत्र ,ध्रुव योग ,भद्रा करण ,श्रीसूर्यनारायण यो दिन प्रात: ७ / ५९ बजेबाट तुला राशि समापन गरेर वृश्चिक राशिमा प्रवेश गर्नुहुनेछ भने शरदऋतु समापन भएर हेमन्तऋतु आरम्भ हुनेछ।त्यसैले यो दिनलाई विष्णुपदी नाम गरेको वृश्चिक संक्रान्ति भनिन्छ।

यो महिनाको देवताको नाम केशव ,देवीको नाम विशालाक्षि ,सूर्यको नाम मित्र हो।यो दिन वृश्चिक राशिमा सूर्य: मकर राशिमा चन्द्र: र सिंह राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको} गरेको फल प्राप्त हुने छ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours