राशिफल: ०१ मंसिर २०८३ मंगलवार

२०८३ मंसिर १ गते (१७ नाेभेम्बर २०२६) मंगलवार | तिथि: कार्तिक शुक्लपक्ष अष्टमी| नक्षत्र: धनिष्ठा। चन्द्रराशिः मकर १२ः२७ बजेपछि कुम्भ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर रकम बाहिरिनाले सञ्चय भने नहुन सक्छ। व्यापारमा फाइदा हुनेछ।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

भाग्यले विभिन्न अवसर जुराउनेछ। काम गरेरै दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। मध्याह्नदेखि नयाँ काम गर्ने अवसर जुट्नेछ। तर विराेध गर्नेहरूले दुःख दिन सक्छन्। तापनि प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुने समय छ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। बिहानकाे समयमा चुनौती सामना गर्नुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनाले केही अवसर प्राप्त हुनेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। व्यावसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले मात्र सामान्य काम सम्पादन हुनेछन्। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ। अस्वस्थताकाे बाबजुद कामकाे चाप बढ्नेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पनि प्राप्त हुने समय छ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् र नतिजाले उत्साह जगाउनेछ। पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। दिउँसाेदेखि विराेधीहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो क्षेत्राधिकारमाथि अरूले दाबी गर्न सक्छन्। यात्रा खर्चिलाे हुनेछ। काम दाेहाेर्याउनुपर्ने हुन सक्छ।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू अलि टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट लाभ उठाउन सकिनेछ।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यक्तित्वमा निखारता आउनेछ भने नाम, दाम र इनाम हातलागी हुनेछ। मध्याह्नदेखि सहयाेगीहरू पछि हट्नाले कार्य सम्पादनमा समस्या पर्न सक्छ। अरूकाे भरपर्दा काम राेकिन सक्छ। पेसा–व्यवसायमा समेत आम्दानी कम हुनेछ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन्। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। दिउँसाेदेखि व्यापार तथा आर्थिक काराेबारबाट लाभ मिल्नेछ। पहिलेकाे लगानीबाट लाभ मिल्नेछ। प्रशंसकहरूले काममा उत्साह थप्नेछन्।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि नयाँ अवसर प्राप्त हुनुका साथै कामकाे सफलताले आशा जगाउनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुट्नुका साथै लाभ उठाउने समय छ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम राेकिने र फजुल खर्च बढ्ने समय छ। तापनि, मिहिनेतले केही काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा यात्राकाे अवसर प्राप्त हुनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours