०३ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै ‘अकवान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
बंगालको खाडीमा विकसित अकवान चक्रवातको अहिलेसम्मको अवस्था हेर्दा नेपालमा लगातार र ठूलो वर्षा हुने सम्भावना भने नरहेको महाशाखाका मौसमविदहरु बताउँछन् । यद्यपि आगामी दिनमा यसको गति र दिशा विश्लेषण गरेर मौसमबारे अध्यावधिक गरिने उनीहरुको भनाइ छ ।


+ There are no comments
Add yours