प्रारम्भिक मापनमा घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

०३ मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। 

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको छ। हिजो बुधबार यो बेला ९.८ डिग्री सेल्सियस देखिएको थियो।

यद्यपि पछि अन्तिम मापनमा (बिहान ८:४५ बजे) भने बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस कायम भएको थियो। 

आजको पनि अन्तिम मापन अहिले त्यही समय (बिहान ८:४५ बजे) हुनेछ। जतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै अरू घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ। 

मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।   

मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ। 

बुधबार यस्तो थियो तापक्रम विवरण

आजको मौसम

मौसम महाशाखाका अनुसार आ दिउँसो कोसी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

यस्तै राति कोसी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

यद्यपि यो बुधबार साँझकै प्रक्षेपण हो। मौसम महाशाखाले आज बिहान ८ बजे मौसम बुलेटिन अपडेट गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours