राजपत्रमा प्रकाशित भएसँगै सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो

०५ असोज, काठमाडौँ । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै घटाइएको करको नयाँ दर कार्यान्वयनमा आउने भएको छ ।

सरकारले सेयर कारोबारबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्ने अग्रिम करको दर घटाएर ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरी बिक्री गर्दा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत कायम गरेको हो ।

यसअघि ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गर्ने लगानीकर्ताले नाफामा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिमा बिक्री गर्ने लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । नयाँ व्यवस्थाले दुवै अवधिको करको दर घटाएको छ ।

मन्त्रिपरिषद्को भदौ ३१ गते बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार करको नयाँ दर कायम गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हित अर्थात् धितोपत्र बिक्रीबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा धितोपत्र बजारको कार्य गर्ने निकायमार्फत उक्त अग्रिम कर असुल हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours