२० कार्तिक, काठमाडौं। काठमाडौंको गौशाला क्षेत्रमा आधुनिक बुटिक शैलीमा निर्माण गरिएको ‘होटल ऐश्वर्या बुटिक’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै तथा आराध्यदेव भगवान् पशुपतिनाथको पावन क्षेत्र गौशालामा सञ्चालनमा आएको यस होटलले काठमाडौंको आतिथ्य तथा पर्यटन क्षेत्रमा नयाँ सम्भावना थपेको छ।
करिब ६ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको होटल ऐश्वर्या बुटिकमा ४२ वटा सुविधासम्पन्न कोठा रहेका छन्। बुटिक शैलीको अवधारणामा तयार गरिएको होटलले आधुनिक सुविधा, आकर्षक सजावट, आरामदायी वातावरण र आत्मीय आतिथ्यलाई प्राथमिकतामा राखेको छ।

काठमाडौं आउने आन्तरिक तथा बाह्य पर्यटक, धार्मिक पर्यटक, व्यावसायिक पाहुना तथा विमानस्थल प्रयोग गर्ने यात्रुहरूलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो। विशेषगरी अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरको नजिकै रहेकाले होटलले पर्यटक तथा तीर्थयात्रीका लागि सहज आवासीय गन्तव्यका रूपमा आफ्नो सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।बुटिक शैलीमा निर्माण गरिएको यस होटलले पाहुनालाई केवल आवासको सुविधा मात्र नभई शान्त, सहज, आत्मीय र स्तरीय आतिथ्य अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। आधुनिक संरचना र आकर्षक आन्तरिक सजावटमार्फत पाहुनालाई फरक अनुभूति दिलाउने उद्देश्य होटलको रहेको छ।
होटल सञ्चालनमा आएसँगै गौशाला तथा आसपासको क्षेत्रमा पर्यटन, होटल व्यवसाय र सेवा क्षेत्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै काठमाडौं आउने पर्यटकलाई थप आवासीय विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

पछिल्लो समय काठमाडौंमा पर्यटन तथा होटल व्यवसायको प्रतिस्पर्धा बढिरहेका बेला ६ करोड रुपैयाँको लगानीमा ४२ कोठासहित बुटिक अवधारणामा सञ्चालनमा आएको होटल ऐश्वर्या बुटिकले आफ्नो विशिष्ट सेवा र आतिथ्य संस्कृतिमार्फत छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य राखेको छ।
होटलको औपचारिक शुभारम्भसँगै होटल ऐश्वर्या बुटिक परिवारलाई नयाँ व्यावसायिक यात्राको हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ। होटलले आगामी दिनमा गुणस्तरीय सेवा, व्यावसायिक दक्षता र आत्मीय आतिथ्यका माध्यमबाट आन्तरिक तथा बाह्य पाहुनाको विश्वास जित्न सफल होस् भन्ने अपेक्षा गरिएको छ।
होटल ऐश्वर्या बुटिक परिवारलाई उत्तरोत्तर प्रगति, निरन्तर सफलता तथा व्यावसायिक समृद्धिको हार्दिक शुभकामना।


+ There are no comments
Add yours