Advertisement

शिवालयमा चहलपहल विहीन

0 1,025

Advertisement

०३ साउन,महोत्तरी । मिथिलामा साउन महिना प्रारम्भ भएसँगै शिवालयमा धार्मिक मेलाको उत्सव परम्परा छ तर यसपालि शिवालयहरु चहलपहलविहीन छन् । साउन शुरु हुन केही दिनपूर्व नै गुलजार देखिन थाल्ने शिवालय यसपालि साउन लागिसके पनि चहलपहलविहीन देखिएका हुन् । कोभिड–१९ महाव्याधि सङ्क्रमण सन्त्रास छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले शिवालयमा हुने मेलाउत्सवमा रोक लगाएपछि देवस्थल सुनसान देखिएको हो ।

साउन प्रारम्भसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना नै जारी गरेर साउन महिनामा आयोजन हुने धार्मिक मेलामा रोक लगाएको हो । जिल्लामा गत वर्ष पनि महाव्याधि सङ्क्रमण सन्त्रासले साउने मेला आयोजन भएका थिएनन् । जिप्रका महोत्तरीले कोभिड–१९ महाव्याधिको सङ्क्रमण सन्त्रास कायम नै रहेको र विज्ञले तेस्रो भेरियन्टको सम्भावना बताइरहेका हुँदा मेला, जमघटमा रोक लगाइएको जनाएको छ । जिल्लाका सबै शिवालय तथा देवी शक्तिपीठ नियमित पूजाबाहेक आम सर्वसाधारण जमघट हुन नपाउने गरी रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका जलेश्वरनाथ, टुटेश्वरनाथ, सिद्धनाथ, मङ्गलनाथ र कामेश्वरनाथसहितका शिवालयमा साउनभरि हजारौँ सङ्ख्याका भक्तजन पूजा आराधना र दर्शनका लागि पुग्ने गर्थे । गत वर्षयता महाव्याधि सङ्क्रमण सन्त्रासले मेला उत्सव आयोजन हुन नसकेका हुन् । साउन महिना भगवान् शिवको प्रिय मानिने विश्वासले साउने मेलाको परम्परा बसेको हो । साउनमै पनि शिव आराधना र व्रतका लागि सोमबार उत्तम मानिने मैथिल हिन्दू जनविश्वास छ । मिथिलामा सोमबार नै साउने धार्मिक मेलाको परम्परा रहेको छ ।

जनस्वास्थ्य र महाव्याधि सङ्क्रमण बढ्न नदिन मेलामा रोक लगाउनुपरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्पष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको हस्ताक्षरित सूचनामा कसैले अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२०, कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने उल्लेख छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.