Advertisement

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

0 44

Advertisement

१० माघ, काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यू स्टाइलः न्यू स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ।

आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत् नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ।

‘नयाँ भेन्यूले आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ । समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ,’ कम्पनीले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९.९६ लाख कायम गरिएको छ। नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरूमध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने कम्पनीको विश्वास छ।

‘हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइन्छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.