Advertisement

सेञ्चुरी बैंकलाई ४७ करोड ७६ लाख रूपैयाँ लाभांश बाँड्न साधारण सभाको अनुमति

0 33

Advertisement

१६ पुस, काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभाले सेयरधनीलाई कुल ४७ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न अनुमति दिएको छ ।

पुस १४ गते बिहीबार अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८ रुपैयाँ ८९ पैसाको ४.७५ प्रतिशत (४५ करोड ३८ लाख १० हजार ६४६ रुपैयाँ) बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश ( २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ४ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार पुस ३ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम सेञ्चुरी बैंकका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । सेञ्चुरी बैंक र प्रभु बैंक १ बराबर १ अनुपात (सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता) मा एक्विजिशनमा जाने प्रस्ताव अनुमोदन गरेको हो ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ९७.२९ अर्ब रुपैयाँ र ८७.४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरी ३१.८५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.