Advertisement

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ विक्री खुल्ला

0 577

Advertisement

१७ बैशाख, काठमाडौै ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा विक्री खुल्ला गरेको छ

कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कुल आइपीओमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। उक्त आइपीओमा बैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सम्म पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । ।

उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.