Advertisement

हेलम्बु गाउँपालिकामा पनि निषेधाज्ञा जारी, बजार तथा यातायातका साधन ठप्प

0 707

Advertisement

१७ बैशाख, सिन्धुपाल्चोक । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले देश आक्रान्त बनिरहेका बेला अधिकांश जिल्लाहरुमा निशेधाज्ञा लागु गरिएको छ । भाईरसले बिकराल रुप लिएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न अधिकांश ठाउँमा लकडाउन गरिएकाे छ ।

कारोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले सक्दो पहल गरिरहको गाउँपालिकाका अध्यक्ष निर्मा ग्याल्जेन शेर्पाले बताउनुभयो । यसलाई सामान्य रुपमा नलिई यसतर्फ सजक भई आफु पनि बच्न र अरुलाई पनि बच्न समेत गाउँपालिकाबासीहरुलाई अध्यक्ष शेर्पाले अपिल गर्नुभएको छ ।

यसैगरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पनि निषेधाज्ञा जारी रहेको छ । निशेधाज्ञामा सुरक्षाकर्मीहरु खटिएर कडाईका साथ लागु गरेको छ । यस अवधिमा अत्यावश्यकका सवारी साधन बाहेक अन्य यातायातका साधनहरु बन्द गरिएको छन् ।

यसैगरी स्वास्थ्य तथा खाद्यान्नका पसलहरु बाहेक अन्य पसलहरु समेत बन्द गरिएका छन् । अनुमति बिना प्रवेश समेत निशेष गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.