‘धुरन्धर ३’ ल्याउँदैछन् आदित्य धर ?

२६ बैशाख, नयाँ दिल्ली । धुरन्धर र धुरन्धर २ः द रिभेन्जको अभूतपूर्व सफलता पछि फ्यानहरू अब फिल्मको तेस्रो भाग उत्सुकताका साथ पर्खिरहेका छन् । निर्माताहरूको हालैको एक बयानले सामाजिक सञ्जालमा हलचल तेज बनाएको छ ।

यसमा ‘धुरन्धर’को कथा अझै समाप्त नभएको बताइएको थियो । यसले अर्को भागमा हमजाको कथालाई ठुलो स्तरमा देख्न पाइने अडकलबाजी बढेको छ । निर्माताहरूले फिल्मको सिक्वेल मात्र नभएर पूर्ण जासूसी ब्रह्माण्डको योजना बनाइरहेको सुन्नमा आएको छ ।

रणवीर सिंहको शक्तिशाली चित्रण र उच्च-भोल्टेज एक्सनले पहिले नै प्रशंसकहरूलाई मोहित पारेको छ । फिल्मको तेस्रो किस्ता अझ गाढा, बढी भावनात्मक र बढी खतरनाक मिसनहरूले भरिएको हुने मानिएको छ ।

आफूहरूले धुरन्धरको काम अझै पूरा नगरेको अनि चाँडै नै फ्यानहरूका लागि एउटा सरप्राइज दिने जियो स्टुडियोकी सह(निर्माता ज्योति देशपाण्डेले बलिउड हंगामालाई बताइन् । उनले भनिन्, ‘आशा छ, यस वर्षको अन्त्यसम्ममा दर्शकहरूले एउटा सरप्राइज पाउनेछन् । हामीले केही विशेष योजना बनाएका छौँ ।’ यो कथन पछि, फ्यानहरूले धुरन्धर ३ मा काम सुरु भइसकेको छ कि छैन भनेर सोच्न थालिसके । तर, निर्माताहरूले अझै आधिकारिक रूपमा तेस्रो किस्ताको घोषणा गरेका छैनन् ।

रणवीर सिंह अभिनीत यो फ्रान्चाइजीले एक्सन र स्पाई थ्रिलर विधामा आफ्नो अलग्गै पहिचान बनाएको छ । दोस्रो किस्ताको सफलता पछि, फिल्मले बक्स अफिसमा असाधारण रूपमा राम्रो प्रदर्शन गर्‍यो । दर्शकहरूले रणवीरको इन्टेन्स अवतार निकै मन पराए । तेस्रो किस्ताको चर्चाले फ्यानहरूको उत्साहलाई बढाएको छ । यी सबै चर्चाबीच यामी गौतमको बयानको चर्चा भइरहेको । हालै, उनले फिल्मको सफलता र उनका पति तथा निर्देशक आदित्य धरको बारेमा खुलेर कुरा गरिन् ।

यामीले भनिन कि यति ठुलो सफलताको बावजुद, आदित्य बिलकुलै परिवर्तन भएको छैन । उनको अनुसार, आदित्य एक धेरै शान्त, विनम्र र सामान्य व्यक्ति हुन् । दुवैले आध्यात्मिकतामा र राम्रो कुरा सही समयमा आउँछ भन्ने विश्वास गर्ने उनले बताइन् । धुरन्धर र धुरन्धर २ ले विश्वव्यापी रूपमा ३ हजार करोड भारुभन्दा बढी कमाएको छ, जुन कुनै पनि भारतीय फिल्मको लागि अहिलेसम्मकै उच्च हो । धुरन्धर २ ले मात्र १ हजार ७९० करोड कमाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours