ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन  निर्देशन

२३ कार्तिक, काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

कार्यालयमा आज आयोजित तिहार तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाडपर्वका समयमा ट्राफिक व्यवस्थापनमा कुनै पनि कमी कमजोरी हुन नदिन उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।

उनले नागरिकले हर्षोल्लासका साथ चाडपर्व मनाउन पाउनु नै  प्रहरीको खुसी भएको उल्लेख गर्दै नागरिकलाई सहज र सुरक्षित आवागमनको वातावरण सुनिश्चित हुने गरी ड्युटीमा खटिन आग्रह गरे ।

चाडपर्वका समयमा सवारी दुर्घटनाका घटना बढी हुने सम्भावना रहेकाले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सक्रिय रूपमा ट्राफिक व्यवस्थापन गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिए।

कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका निकायका ट्राफिक प्रहरी अधिकृतलगायत कर्मचारीको सहभागिता रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours