Advertisement

रसुवागढी हाइड्रोपावरले तोक्यो साधारण सभा र बुक क्लोज मिति

0 9

Advertisement

१३ जेठ, काठमाडाैं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको शुक्रबार बसेको ३२२औं बैठकले आषाढ ११ गते दशौं र एघारौं बार्षिक साधारण सभा बोलाउने भएको हो । सभा आषाढ ११ गते मंगलबार कुण्डलिनी दरबार व्याङक्वेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको हो ।

सभाले वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात तथा आब. २०७८\०७९ को आर्थिक विवरणहरु (नाफा\नोक्सान) हिसाव, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु) माथि छलफल गर्ने छ ।

यस्तै सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधा र कम्पनीको संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिला सहित ४ जना संचालकहरुको निर्वाचन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार जेठ २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कायम सेयरधनी मात्र सभामा भाग दिन पाउने छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.