Advertisement

निजीमा पूर्णकालीन काम गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको चेतावनी

0 5

Advertisement

७ वैशाख, काठमाडौं । बिदा स्वीकृत गराएर वा नगराएर निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर कर्मचारी तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था तथा विदेशी संस्थामा पूर्णकालीन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाइएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्धारा जारी अपीलमा यसरी बिदा स्वीकृत गरेर वा नगरेर पूर्णकालीन काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने भन्दै यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिइएको छ ।

‘प्रचलित कानून र विधिको प्रतिकूल हुनेसम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानूनसम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध छ,’ अपीलमा भनिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.