Advertisement

इजरायलले पनि सुरु गर्‍यो इरानमाथि आक्रमण

0 7

Advertisement

०७ वैशाख, काठमाडौं । गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो।

त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाई हमला गरेको थियो। त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो।

इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर द्वन्द्व सिर्जना गर्ने अनुमान गरिएको छ। इरानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा अमेरिका रक्षा मन्त्रालय र इजरायली सेनाले टिप्पणी गर्न अस्वीकार गरेका छन्।

यद्यपि इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको अपुष्ट जानकारी पाएको उल्लेख गरेका छन्।

इरानको प्रतिरक्षा प्रणालीले तीनवटा ड्रोन नष्ट पारिदिएको बताइएको छ। गत शनिबार राति इरानले इजरायललाई लक्षित गर्दै ३०० वटाभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै पहिलो पटक सोझै आक्रमण गरेको थियो।

इजरायलले उक्त आक्रमणको जवाफ दिने बताएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.