Advertisement

एमालेको समर्थनपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न जाँदै समाजवादीका सोडारी

0 18

Advertisement

०६ वैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरेको छ। बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा समाजवादीका संसदीय दलका नेता सोडारीलाई समर्थनको पत्र दिएका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

बुधबार एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको थियो। प्रदेश प्रमुख नजिर मियाले दाबी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मको समय दिएका थिए। अब एमालेले समर्थन गरेको अवस्थामा सोडारी प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्न जाँदैछन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.