Advertisement

कर्मचारीको स्थापना दिवसको अवसरमा गुल्मी कारागारका कैदी बन्दीलाई टिभी

0 9

Advertisement

०६ वैशाख, गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफनो स्थापना दिवसको अवसरमा जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई बिहीबार सामग्री प्रदान गरेको छ । संगठनले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा कारागारका कैदी बन्दीलाई टिभी दिएको हो ।

संगठनमा रहेका कर्मचारीले रकम संकलन गरेर कैदी बन्दीहरुलाई ४२ इन्चको टिभी प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भीमलाल खनालले बताए ।

दिवसको अवसरमा आधिकारिक ट्रेड युनियन जिल्ला अध्यक्ष खिमबहादुर अधिकारीले देश संघीयतामा गइसकेको करिब एक दशक पुग्नै लाग्दा समेत संघीय निजामती सेवा ऐन जारी नहुँदा अन्यौलता सिर्जना भएको बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पूर्वकेन्द्रीय अध्यक्ष गणेश बस्यालले देशभरका पेसाकर्मीहरु एक हुनुपर्ने मान्यता बोकेर संगठन स्थापना भएको बताए । कर्मचारीहरुका समस्याहरुलाई निराकण गर्ने उदेश्यले कर्मचारीहरु संगठित हुँदै आएको उनले बताए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कारागारमा धेरै समस्याहरु रहे पनि संगठनले जल्दोबल्दो समस्यालाई सम्बोधन गरेको बताए ।

२५ जनाको क्षमता रहेको गुल्मी कारगारमा अहिले १ सय १७ जना कैदी बन्दी छन् । जसमध्ये कैदी ८४ जना, ३० जना थुनुवा, ३ जना नाबालक छन् । त्यसमध्ये पुरुष कैदी ७७ जना, २६ जना थुनुवा छन् । महिला कैदी ७ जना, थुनुवा ४ जना रहेको जिल्ला कारागार गुल्मीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.