Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांस पारित गर्न डाक्यो साधारण सभा

0 11

Advertisement

०२ वैशाख, काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको २४.७४ प्रतिशतका दरले हुन आउने नगद लाभांश र १०.२६ प्रतिशतका दरले हुने बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले होटल हैरिसन प्यालेस, विराटनगर, वैशाख महिना २१ गते बिहान १० बजेका लागि सभा बोलाएको हो । कम्पनीको आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९\०८० को नाफा\नोक्सान हिसाव नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने छ ।

यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९\०८० को नाफा\नोक्सान हिसाव नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने छ ।

कम्पनीले बैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार बैशाख ६ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.