Advertisement

कृषिप्रधान मुलकमा मकैको ८० प्रतिशत माग आयातले धान्दै

0 18

Advertisement

२१ चैत, काठमाडाैं । नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको देखिएको छ । कृषिप्रधानमुलक देश भएपनि देशको कुल मागको ८० प्रतिशत हिससा आयातमा निर्भर भएको देखिएको हो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धान्ने गरेको बताए । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । उनले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि त्यो पर्याप्त नभएको उनको भनाई छ । अध्यक्ष ढकालले नेपालको निजी क्षेत्रको वार्षिक करिव ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिव ४० अर्ब जति लगानी गरेको बताए ।

मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा माग र महत्व बढ्दै गइरहेको उनले बताए । आर्थिक वर्ष २०२१–२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको उनले बताए । खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको उनको भनाई छ ।

उनले भने, ‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भूमिका छ। पछिल्लो तथ्यांकअनुसार ९८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ। नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ। त्यसमा मकैको निकै महत्वपूर्ण भूमिका छ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे। आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताइन् । यसले उत्पादनमा वृदि गर्ने उनको भनाइ थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.