Advertisement

आरोप लाग्नासाथ सांसदबाट पनि राजीनामा दिने सर्वदलिय सहमती गरौं : सांसद वाग्ले

0 9

Advertisement

२१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रस्ताव गरेका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले यस प्रकारको असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भनि प्रश्न समेत गरे।

उनले आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन सांसदबाट पनि राजीनामा गर्नेगरी सर्वदलीय सहमती गर्न प्रस्ताव गरे। उनले आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा पनि तयार रहेको बताए।

उनले भने, ‘प्रतिपक्षमा हुँदा हामीले पनि प्रश्न गरेका हौं। शालिन प्रतिरोध, शालिन प्रतिवाद, संसदीय व्यवस्थामा प्रतिपक्षी धर्म नै हो। त्यसलाई हामीले उन्नत किसिमले प्रयोग गरेकै हौं। सम्पूर्ण प्रतिपक्षीहरुले अर्थमन्त्रीको राजीनामा माग्दाखेरी हामी संयमित भएका थियौं। हामी रोकिएका थियौं। हामीले भन्यौं अर्थमन्त्रीको पहिला कुरा सुन्नुपर्छ। उनलाई स्पष्टिकरणको मौका दिनुपर्छ। अनधिकृत व्यक्तिको प्रवेशद्वारा बजेट निर्माण गरियो भन्दाखेरी अर्थमन्त्रीको राजीनामा हामीले मागेका थिएनौँ भौतिक मन्त्रीमाथि पनि लगभग सबै प्रतिपक्षी दलहरुले राजीनामा माग्दाखेरी हामीले भन्यौँ पहिले उहाँको कुरा सुन्नुपर्छ। आज गृहमन्त्रीले तपाईहरुले यति धेरै आक्षेप लगाउनु भएको छ यही हल भित्र। म रोष्टममा उभिएर जवाफ दिन चाहान्छु भन्दाखेरी उहाँलाई निषेध, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो? यो कस्तो संस्कृति हामी बसाउन खोज्दैछौँ यो असाध्यै चिन्ताजनक छ। संसदीय छानबिन समिति बनाउन आपत्ति होइन। कस्तो नजिर स्थापित गर्न गइरहेका छौं भन्नेबारे विचार गर्नुपर्ने हुन्छ। सर्वदलीय सहमती गरौं, आरोप लाग्नासाथ सबले राजीनामा गरौं। मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौं।’

उनले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिएर उनको कुरा सुन्नुपर्ने बताए। उनले गृहमन्त्रीको जवाफले चित्त नबुझे संसदको सम्बन्धित समितिमा अथवा संसदीय छानविन समितिमा जान सकिने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.