Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

0 23

Advertisement

२१ चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो।

पाण्डेले विश्वासको मत नलिई राजीनामा दिने विकल्प रोजेका हुन्। अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन्।

सत्ता गठबन्धनले बहुमत जुटाएर दावी पेस गरे नयाँ सरकार बन्छ। नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले पाण्डेलाई नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुपर्ने छ। यही रणनीति अनुसार उनले राजिनामा दिएका हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.