Advertisement

मल्टीपर्पस फाइनान्स क्रसबोर्ड र व्यवसायिक सम्झौता गर्नेमा पहिलो

0 12

Advertisement

१८चैत, काठमाडाैं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो ।

फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । सम्झौतामा फाइनान्सको तर्पmबाट नायब महाप्रवन्धक प्रदीप कुमार सिंह र फोन पे नेटवर्कको तर्फबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रसबोर्डर व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरिएको छ ।

यस सेवा अन्तर्गत पहिलो चरणमा वित्तीय संस्था मार्फत क्यूआर भुक्तानी सेवा लिएका सेवाग्राहीहरुले व्यवसायहरुमा कारोबार गर्न सक्नेछन् । वित्तीय संस्थाका नायव महाप्रवन्धक प्रदीप कुमार सिंहले हाललाई भारतीय यूपीआई अन्तर्गतका बीएचआईएम तथा फोन पे एप मार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्स लिमिटेडका फोन पे क्यूआरमा प्रयोग गर्न सकिने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.