Advertisement

बागमतीमा कांग्रेसले मुख्यमन्त्रीकाे विपक्षमा मतदान गर्ने

0 8

Advertisement

१८ चैत, हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिको आइतबार काठमाडौंमा बसेको बैठकले बागमती प्रदेश संसदीय दललाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस बागमती प्रदेश समितिका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोलि विश्वासको मत लिने कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

बागमतीको ११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् ।

बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.