Advertisement

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे’ होटलको मान्यता

0 32

Advertisement

१६ चैत, काठमाडाैं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । २६ वर्षको हस्पिटालिटी अनुभव भएको ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।

पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’, पर्यटन विभागले भनेको छ ।

करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरि ८५ वटा रुम रहेका छन् ।

होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । सिध्दार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले होटलमा १५०० जना क्षमताको ब्याङ्क्वेट हल रहेको र जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको बताए ।

स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरि त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरुबीच लोकप्रिय भैरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए ।

होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुबिधा उपलब्ध छन् । हाल २०० जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ५०० जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए ।

नेपालकै उत्कृष्ट क्यासीनो सन्चालन गर्न सकिने गरी क्यासीनोको लागी संरचना समेत निर्माण भैसकेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.