Advertisement

२ दिनमै छुटिन् अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम

0 18

Advertisement

१६ चैत, काठमाडौं । प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई हिरासतमुक्त गरेको छ ।

बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने सरकारी वकीलको कार्यालयले बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभको कसूरमा जाहेरी परेपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर साँझ स्वास्थ्यको कारण देखाउँदै उनलाई अस्पताल भर्ना गरिएको थियो । ‘स्वास्थ्य समेतलाई आधार मानेर बाहिरै राखेर अनुसन्धान गर्ने गरी छाडेका हौं’, अधिकारीले भने ।

प्रहरीले पक्राउ गरेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको थियो । बमले एक युवतीको मोबाइलबाट गोप्य तस्वीर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । उनी प्रहरी नियन्त्रणबाट छुटे पनि अनुसन्धान जारी रहेको अधिकारीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.