Advertisement

चार अर्बको ‘१०% एनआईएमबी डिबेन्चर २०९०’ नेप्सेमा सूचीकरण

0 12

Advertisement

१५ चैत, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले निष्कासन गरेको ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता डिबेञ्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।

नेप्सेको चैत ९ गतेको निर्णयानुसार उक्त ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम बिहीबार स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो । चैत १५ गते बिहीबार बैंक र नेप्सेबीच १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत व्याजदर भएको ‘१०% एनआईएमबी डिवेन्चर २०९०’ डिबेन्चर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकले प्रभु क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ दरका कुल ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गरेको थियो । जसमध्ये ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको थियो ।

नेप्से र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै एक्त ऋणपत्र दोस्रो दिन अर्थात आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि योग्य बनेको छ । आइतबारदेखि ‘१०% एनआईएमबी डिवेन्चर २०९०’ दोस्रो बजारको कारोबार शुरु हुनेछ ।

बैंकको प्रधान कार्यालय काठमाडौं महानगरपालिका, वडा नम्बर १ दरबारमार्ग काठमाडौं रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.