Advertisement

कर्णालीमा एसईई दिने विद्यार्थी घटे

0 14

Advertisement

१४ चैत, सुर्खेत । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ ।

यो वर्ष कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्ष ३८ हजार ९७० जना विद्यार्थीले एसईई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ विद्यार्थी कम भएका छन् ।

प्रदेश शिक्षा विकास निर्देशनालय कर्णालीका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतबाट ८ हजार ३४८ विद्यार्थीले एसईई दिँदैछन् । सुर्खेतमा ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र तोकिएको छ भने ३ हजार ५९३ परीक्षार्थी छन् । ४ हजार ५८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

हिमाली जिल्लामा विद्यार्थीको संख्या न्यून रहेको छ । सबैभन्दा कम डोल्पामा ७३३ विद्यार्थीले एसईई दिंदैछन् । डोल्पामा ४ वटामात्रै परीक्षा केन्द्र तोकिएको छ ।

जाजरकोटमा २२ परीक्षा केन्द्रमा ४ हजार ६९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा ५ हजार २५७ परीक्षार्थीले एसईई दिंदैछन् । हुम्लाका ६ वटा परीक्षा केन्द्रबाट १ हजार १९५ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । मुगुमा ८ वटा परीक्षा केन्द्र र १ हजार ११३ परीक्षार्थी छन् ।

२४ वटा परीक्षा केन्द्र रहेको कालीकोटमा ३ हजार ७३६ परीक्षार्थी छन् । जुम्लामा २ हजार ५५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएकी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.